काठमाडौं, २२ जेठ । नेपालमा पहिलो अन्तर्राष्ट्रिय स्तरको पर्यटन मेला हिमालयन ट्राभल मार्ट आइतबार सम्पन्न भएको छ । पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र अन्य पर्यटकीय संघसंस्थासँगको सहकार्यमा पाटा नेपाल च्याप्टरले आयोजना गरेको उक्त मार्टमा नेपाल सहित ५३ मुलुकका ट्राभल ब्लगर, पर्यटन व्यसायी, टुरअपरेटर्स र पत्रकारहरुको सहभागिता रहेको थियो ।

भूकम्प र नाकाबन्दी पछि बामे सर्दै गरेको नेपालको पर्यटन प्रवद्र्धन र नेपाल हिमालयको प्रवेशद्वार हो भन्ने सन्देश विश्वभर दिन मार्ट सफल भएको आयोजकको दाबी छ । त्यस्तै सहभागिहरुले पनि नेपाली पर्यटन क्षेत्रकै बहुप्रतिक्षित यस कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा दीर्घकालिन टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

चार दिन सम्म चलेको मार्टमा ट्राभल ब्राण्डिङ्ग, बजार अन्वेषण, अनुसन्धान, गन्तव्य पहिचान जस्ता विषय समावेश गरि नेपाल लगायत विश्वभरका विज्ञहरुको संलग्नातामा ट्राभल कन्फरेन्स, अन्तर्राष्ट्रिय ब्लगर तथा मिडिया सम्मेलन लगायत विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम संचालन गरिएको थियो । यस बाहेक सहभागिहरुलाई उपत्यका सहित चितवन र पोखराको पर्यटकीय क्षेत्रहरुको भ्रमण समेत गराइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार