भाद्र १३,देशभर बलात्कार तथा बलात्कारजन्य घटनाहरु घटिरहेको बेला बुटवलदेखी पश्चिममा पर्ने एक प्रतिष्ठित बोर्डिङ्ग स्कुलका प्रिन्सिपलले स्कुलमै पढ्ने छात्राहरुमाथी बलात्कारजन्य व्यवहार गरेको भन्दै अभिभावकले विद्यालय घेराउ गरेका छन् । बुटवल न.पा. ११, नहरपुरस्थित ज्ञानकुन्ज सेकेण्डरी बोर्डिङ्ग स्कुलका प्रिन्सिपल तोयाराम पौडेलले विद्यालयमा पढ्ने छात्राहरुलाई अभद्र व्यवहार गरेको भन्दै छात्राले अभिभावकलाई सुनाएपछि विद्यार्थीलाई होस्टेलमा बस्न नदिएको अभिभावकले बताए । कक्षा १० मा अध्ययनरत छात्राले आफूलाई प्रिन्सिपलले एकान्तमा बोलाएर गोप्य अंगहरु छुने गरेको बताईन ।

रिजाले भनिन्, ‘रातको १२ बजे होस्टेलमा सुतिरहेको बेलामा अरुलाई नबोलाउने मलाई एकान्त कोठामा बोलाउने गर्नुहुन्थ्यो, अरुलाई केही नगर्ने मलाई घन्टौसम्म राख्ने गर्नुहुन्थ्यो, कहाँकहाँ छुनुहुन्थ्यो ।’ उनले प्रतिप्रश्न गरीन्, रातको १२ बजे एउटा विद्यार्थी र प्रिन्सिपल विच के कुरा हुन्छ ?’ नियमित रुपमा अध्ययन गर्ने निकै मेधावी बैनिको पढाई एकाएक विग्रिएपछि बैनिलाई सोध्ने क्रममा दाजु प्रेम थापासँग बैनिले कुराकानी गरेकी थिईन, परिवारमा यस्तो कुराकानी विश्वास नगर्ने भएपछि दाजु प्रेमले नै रिजाको परिवारलाई यस्तो कुरा सुनाए । प्रिन्सिपल तोयानाथ रिजा विद्यालय नआएपछि घरमै आएर बुवा राजेश गुरुङ्गलाई गल्ती भएको भन्दै यस्तो कुरा छलफल गरेर मिलाउन भनेका थिए । तर बुवा राजेशले आफूहरु विद्यालयमै आएर नानीलाई राखेर कुराकानी गर्ने भनेपछि बुधबार विहान १० बजे विद्यालयमा पुगेका अभिभावकहरुसँग भागेर प्रिन्सिपल फरार भएका थिए ।

अरु बालबच्चाहरुलाई पनि यस्तै यौनजन्य शोषण गर्ने गरेको अभिभावकहरु बताउँछन्, बोल्दा आफ्ना बच्चाहरुको ईज्जत तथा भविष्यमा असर पर्ने भन्दै धेरै अभिभावकहरुले मुख खोल्न नचाहेको बताउँछन् । कतिपय विद्यार्थीहरुलाई असामान्य व्यवहार गर्ने, कतिपयलाई असह्य हुनेगरी पिट्ने तथा विभिन्न खाले शोषणहरु गर्ने गरेको कतिपय अभिभावक बोलाउँछन्, शैक्षिक प्रमाणपत्रमा समेत प्रश्न उठाउँदै अभिभावकले शिक्षकले नै विद्यार्थीहरुलाई यस्तो क्रियाकलाप गरेपछि विद्यार्थीले कस्तो शिक्षा लिन्छ ? प्रतिप्रश्न गर्छन् । यसभन्दा अगाडी पनि केही यस्ता केशहरु भएका थिए, तर गुपचुपमा पैसाको बार्गेनिङ्ग गरेर केशहरु साम्य पारेको अभिभावकहरु बताउँछन् । अहिले प्रिन्सिपललाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार