२०७५ कार्तिक १४ ,बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले टाफिक चोक, सुख्खानगर र कालिकानगरबाट जुवा खेल्दा खेल्दै पक्राउ गरेकाहरुको बिवरण सार्वजनिक गरेको छ ।
कार्यालयले आज दिउसो प्रेस नोट प्रकाशित गरी पक्राउ गरेकाहरुको बिवरण सार्बजनिक गरेको हो ।
प्रहरी बिवरण
कालिकानगरवाट बरामद जुवा (तास) :-

मिति २०७५।०७।१३ गते राती २३:०० बजेको समयमा जिल्ला रुपन्देही, बुटवल उ.म.न.पा. वडा नं.-११ कालिकानगर स्थित धुर्व खड्काको घरमा जुवा (तास) खेली रहेको अवस्थामा निम्न स्थानमा बस्ने निम्न व्यक्तिहरुलाई फेला पारी पक्राउ गरिएको ।

पक्राउमा परेका व्यक्तिहरु :-

जिल्ला गुल्मी, रुरु गा.पा. वडा नं.-४ बस्ने वर्ष-२६ को रेशम खड्का ।
ऐ.ऐ. बस्ने वर्ष-३२ को चन्द्र गौतम ।
ऐ. ऐ. बस्ने वर्ष-४२ की कुसुम खड्का ।
ऐ.ऐ. बस्ने वर्ष-३६ को मुक्त बहादुर खड्का ।

बरामद :-नगद रु ८२,०००।– तास-१ बुक ।

ट्राफिकचोकवाट बरामद जुवा (तास)

मिति २०७५।०७।१३ गते राती २०:०० बजेको समयमा जिल्ला रुपन्देही, बुटवल उ.म.न.पा. वडा नं.-४ ट्राफिकचोक स्थित लोकनाथ न्यौपानेले संचालन गरेको झिमा होटलवाट जुवा (तास) खेल्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरी ल्याएको ।

पक्राउमा परेका व्यक्तिहरु :-

जिल्ला रुपन्देही, बुटवल उ.म.न.पा. वडा नं.-६ ट्राफिकचोक बस्ने वर्ष-५४ को लोकनाथ न्यौपाने ।
ऐ. ऐ. ११ बस्ने वर्ष-३६ को टिका क्षेत्री ।
ऐ.ति.न.पा. वडा नं.-७ बस्ने वर्ष-४६ को राजाराम यादव ।
जिल्ला पाल्पा, बङनासकाली गा.पा. वडा नं.-३ बस्ने वर्ष-६१ को राम प्रसाद श्रेष्ठ ।
बरामद नगद रु :-३,९४,०००।-, तास – ३६४ पत्ती ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार