एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना रियल बेटिससँग पराजित भएको छ । चोटका कारण तीन साता मैदानबाहिर रहेका कप्तान लिओनेल मेसीकाे पुनरागमनसँगै बार्सिलोना आफ्नै घरेलु मैदानमा ४-३ अन्तरले हारेको हो ।

रियल बेटिसलार्इ जित दिलाउनका लागि जोआकिनले बेटिस दुई , जुनियर फिर्पो र जिओभानी लो सेल्सोले एक/एक गोल गरे । २० औँ मिनेटमा फिर्पोले गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाएका थिए । उनले विलियम कार्भाल्होको पासलाई सदुपयोग गर्दै गोल गरे । त्यसको १४ मिनेटपछि जोआकिनले बेटिसले गोल गर्दै अग्रता दोब्बर पारे ।

पहिलो हाफमा २-० ले पछाडि परेको बार्सिलोनाले ६८ औँ मिनेटमा एक गाेल फर्काए । कप्तान लिओनेल मेसीले पेनाल्टीमा गोल गर्दै गोलअन्तर घटाए पनि त्यसको तीन मिनेटमा बेटिसले व्यक्तिगत दोस्रो गोल र टिमको लागि तेस्रो गर्दै २ गोलको अग्रता बनाए ।

७९ औँ मिनेटमा बर्सिलोनाका लागि भिडालले गोल गर्दै अंक घटाए तर ८३ औँ मिनेटमा सर्जियो कानालेसले गोल गर्दै २ गोलको अग्रता कायम राखे ।
इन्ज्युरी समयमा लिओनेल मेसीले गोल फर्काउँदै थोरै आशा जगाए पनि अंक खोस्न भने सकेनन् । उनले भिडालको पासमा सहज गोल गरेका थिए । यो हारसँगै लिग तालिकाको शीर्ष स्थानमा बार्सिलोनाको अग्रता १ अंकमा झरेको छ । बार्सिलोनाको १२ खेलमा २४ अंक छ भने एटलेटिको म्याड्रिड र अलाभेसको २३ अंक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार