वि.सं.२०७५ साल मंसिर ०३ गते । सोमबार । इस्वी सन् २०१८ नोभेम्बर १९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । कार्तिक शुक्ल पक्ष । तिथि एकादशी १३ घडी ५० पला,मध्यान्ह १२ बजेर ०१ मिनेट उप्रान्त दुवादशी । नक्षत्र उत्तरभाद्रपदा,२५ घडी १८ पला,बेलुकी ०४ बजेर ३६ मिनेट उप्रान्त रेवती । योग बज्र,२९ घडी ०९ पला,बेलुकी ०६ बजेर ०८ मिनेट उप्रान्त सिद्धि । करण भद्रा,मध्यान्ह १२ बजेर ०१ मिनेट उप्रान्त वव,रातको १२ बजेर २६ मिनेट उप्रान्त वालव । आनन्दादिमा गद योग । चन्द्र राशि मीन । पञ्चक। हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह। भीष्म पञ्चक आरम्भ। सुनसरीस्थित बराह क्षेत्र तथा खोटाङस्थित बराह पोखरीमा धार्मिक मेला सुरु। काठमाडौँमा सूर्योदय ०६ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २६ घडी ३९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढी समय खर्चिनु पर्नेछ । राम्रो सङ्गत तथा अग्रज सल्लाहले कामहहरु समयमा अगाडि बढ्नेछन् । समयको गति सँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरूभन्दा अगाडि बढ्न सकिनेछ । प्रशस्त तयारी गरेर महत्त्वपूर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरूका आज समय राम्रो रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ । नयाँ ठाउँबाट लगानीको प्रस्ताव आए पनि केही समय कुर्नु नै पर्नेछ । इच्छा आकाक्षाहरु पुरा गर्नको लागि बढिनै समय खर्चनु पर्ने हुन सक्छ । दाजुभाइ सँग मनमुटाब सिर्जना हुने योग रहेको छ । सामान्य स्यास्थ्यमा समस्या आई रुपैयाँ पैसा खर्च हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने आत्मीय मित्र तथा आफन्त सँग घरायसी कुरामा राज बाजिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : नोकरी तथा जागिरमा आफ्नै कमजोरीले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा इज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिस सँग विवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरूले विशेष ध्यान दिनुहोला ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : आकस्मिक धन सम्पत्ति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पत्ति हाल लाग्ने योग रहेको छ । समस्याहरूको सजिलै समाधान गरी उपलब्धिमुक कामहरू गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन्न तथा नयाँ कुरा पत्ता लगाउन्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै छुटिदा मन प्रसन्न हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : पढाई लेखाइकै सवालमा देश विदेशको यात्रा तय हुनेछ । माया प्रेमको सम्बन्ध विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । मध्यान्हबाट कामहरू समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउँन असजिलो हुनेछ । बैक तथा वित्तीय संस्थामा गरिएको लगानी बाट भने थोरै भए पनि आम्दानी हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या हुँनसक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) : अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट मनग्गे नाफा कमाउन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । राज्यपक्षबाट पद पाइने ग्रहयोग रहेको छ भने समाजको पक्षमा काम गर्न सक्दा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेको छ । काममा ढिला सुस्ती, बैरभाव तथा आफन्त सँग विवाद हुने योग रहेको छ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नति तथा नयाँ काम पाउने योग केही दिनको लागि टरेर जानेछ । खुट्टा तान्ने तथा काममा विवाद सृजन गर्नेहरू सक्रिय रहनेछन् । पढाई लेखाई अधुरै रहनेछ भने न्यायिक निर्णयहरू तपाईँको विपक्षमा फैसला हुनेछन् ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पन्न सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले सकयमा कामहरू बन्नेछन् । पढाई लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलासी बस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ । बिहानको समयमा आमा सँग विवाद हुने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : आमा, आफन्त तथा सहयोगीबाछ भनेजस्तो सपोर्ट पाइने हुँदा मन प्रसन्न रहनेछ । घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवन साथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययनमा अलि बढी समय दिन सक्दा प्रगति गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : गन्तव्य विहीन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । व्यावसायिक यात्रा हुने भए पनि उपलब्धि न्यून हुनेछ । आफन्त तथा दाजुभाइ सँग मनमुटाब बढ्नेछ । प्रेममा मनमुटाब सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनु होला तपाईँको पक्षमा निर्णय नआउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : बोली बचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरू गर्न सकिनेछ । गीत सङ्गीत तथा यस्तै क्षेत्रमा समय खर्चँदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रो सँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहौलमा जमघट भई स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खानपिन सँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : अध्ययन तथा प्रतिस्पर्धामा तपाईँको नाम एकका कदम अगाडि आउनेछ भने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरूले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेको छ । समय अनुकूल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनादे आर्थिक अवस्था सुदृढ रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी गणेश काफ्ले ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार