बागलुङ पौष, २१ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाले विभिन्न विधामा अभिनन्दन गरेको छ । नयाॅ वर्ष २०१९ को शुभ अवसरमा आयोजित अभिनन्दन तथा अन्तरकृया कार्यक्रममा गलकोट नगरपालिका ७ मल्म बागलुङमा जन्मेर नेपाली लोक गीत संगीतमा पुराएको अतुलनिय भुमिकाको प्रशंसा गर्दै बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्रीलाई १ थान पियानो, दोसल्ला र प्रशंसा पत्रले अभिनन्दन गरिएको थियो । संस्थाको आजीवन समेत रहेका गायक खत्रीले संस्थाको प्रगति र उन्नतिमा विगत लामो समय देखि योगदान पुर्याउदै आउनु भएको छ ।

अभिनन्दन पछि लोक तथा दोहोरी गायक विष्णु खत्रीले संस्थाले गरेको अभिनन्दनले नेपाली लोकगीत संगीतमा निरन्तर लाग्न थप हौसला र प्रेरणा मिलेको बताउनु भयो । त्यस्तै एभरेष्ट इन्टरनेशनल एकेडेमीका प्रिन्सीपल प्रदिप थापाले वडा नं ७ को शैक्षिक क्षेत्रलाई गुणस्तर प्रदान गरि समय सापेक्ष अगाडी बढाउन जनप्रतिनिधि र सरोकारवालालाई सुझाव समेत दिनुभएको थियो । सो अवसरमा ताराखोला गाउॅपालिकाका अध्यक्ष प्रकाश घर्ती मगर, गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा घुम्टे युवा परिवारको केन्द्रिय समितिका सल्लाहकार संयोजक सुवेदार टिका बहादुर थापा, घुम्टे युवा परिवारका पुर्व उपाध्यक्ष खडक बहादुर थापा, भारतको दिल्ली शाखाका पुर्व उपाध्यक्ष छुम बहादुर थापा, संस्थालाई निरन्तर आर्थिक सहयोग गर्नुहुने सहयोगदाता श्याम बहादुर थापा, नर बहादुर थापा, कालिका थापा, किसान बस्नेत, चन्द्र कुमारी थापालाई संस्थाको उन्नति प्रगतिमा खेलेको भुमिकाको कदर गर्दै दोसल्ला र प्रशंसा पत्रले अभिनन्दन गरिएको थियो ।

अभिनन्दन पछि बोल्दै ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले समृद्व समाज निर्माणमा सबै एकजुट हुनु पर्ने धारणा राख्नुभएको थियो । त्यस्तै वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले वडाको समग्र विकास र आगामी योजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा संरक्षक बेलु थापाले संस्थाको बारेमा अवधारणा राख्नु भएको थियो । जापान शाखाले स्थापना भएको छोटो समयमै झण्डै १४ लाख बराबरको सामाजिक कार्य सम्पन्न गरेको विवरण सह-कोषाध्यक्ष विष्णु थापाले प्रस्तुत गर्नु भएको थियो । अभिनन्दन तथा अन्तरकृया कार्यक्रम घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामुको अध्यक्षता, उपाध्यक्ष कुलबिर थापाको स्वागत मन्तव्य र सचिव दिनेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार