काठमाडौं । कश्मीरको पुलवामा भएको आक्रमणबारे पाकिस्तानी प्रधानान्त्री  इमरान खानले पहिलो पटक आफ्नो धारणा राखेका छन् । पलुवामा भएको आक्रमणबारे भारतले बदला लिए पाकिस्तानले पनि जवाफ दिने बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री खानले ४४ भारतीय सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आक्रमणमा पाकिस्तानलाइ लगाइएकाे दाेस तथ्यहीन भएकाे बताए । बिना प्रमाण आफुमाथि लगाइएको आरोप मान्य नहुनेसमेत उनले बताएका छन् ।

पाकिस्तान स्थायित्वउन्मुख भएकाले पाकिस्तानले यस्तो आतङ्कारी कार्य नगर्ने स्पष्ट पारेका छन् । तर आक्रमणको जिम्मा भने पाकिस्तानको एक आतङ्कबादी समुह जैश ए मोहम्दले लिएकाे छ । भारतीय सेनामाथि आक्रण गर्दा पाकिस्तानलाइ फाईदा केही नहुने उनले बताएका छन् । पाकिस्तान नयाँ पाकिस्तान भएको र आफु नै आतङ्ककारीहरुबाट पेलिरहेको पनि बताए ।

उनले भारत सरकारलाई संवाद मार्फत समस्याको सवाधान खोज्न अपील गर्दै खानले भने- ‘तपाइहरु आउनुहोस् र यो घटनाबारे छानविन गर्नुहोस् ।’ भारका मिडियाहरुमा आएको समाचारहरु प्रति लक्षित हुँदै उनले आक्रोश पनि जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार