फाल्गुन १५।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सेनाले हवाई कारबाहीपछि आफ्नो कब्जामा लिएका भारतीय लडाकु विमानका चालकलाई फिर्ता गरिने बताएका छन्।
भारत र पाकिस्तानबीच बुधवार भएको हवाई आक्रमणमा भारतीय वायुसेनाका अभिनव वर्तमानलाई पाकिस्तानले समातेको थियो। भारतले उनलाई सुरक्षित रूपमा फिर्ता गर्न माग गरेको थियो।

भारत र पाकिस्तानबीच चुलिँदो तनावलाई मत्थर पार्न ती विमानचालकलाई मुक्त गर्न लागिएको खानले बताए। उनले संसद्‌मा भने, “शान्तिको सङ्केतका रूपमा उनलाई भोलि मुक्त गरिनेछ।”

उनले भारतले पाकिस्तानी भूमिमा धावा खेलेको आफूहरूले हेर्न नसक्ने बताउँदै भने, ‘यदि भारतले एक्सन लिन्छ भने यसको प्रतिकार गर्नु पाकिस्तानको निर्विकल्प उपाय हो ।’

उनले सदनलाई सम्बोधन गर्ने क्रममा भने, ‘म यसै प्लेटफर्मबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई आह्वान गर्न चाहन्छु कि विवादलाई अगाडी नबढाऊँ । तर यसलाई भारतले पाकिस्तानको कमजोरी नसोचोस् ।’

बिस्वले ईमरानको स्वागत गरेको छ । यसै सन्दर्भमा यु.एन.ले समेत उचित कदम भएकोमा स्वगत गरेको छ । “पाकिस्तानले यत्तिकै जितिसकेको छ । लडाई लड्न जरुरी छैन ।” धेरैको भनाई छ ।
कतिपयले त यति सम्म लेखेका छन, ईमरान खानलाई नोबेल शान्ति पुरस्कार दिनुपर्छ ।
पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले बन्दी भारतिय वायु सेनाका पाईलटलाई मुक्त गर्ने घोषणा गरेसङै उनलाई विश्वले स्वागत गरेको छ । उनको यो कदमलाई भारतमा समेत स्वागत गरिएको छ । भारतमा निकालिएको र्‍यालीमा ईमरानलाई धन्यबाद दिईएको छ ।

साथै पाईलटलाई स्वागत गरिएको छ । र्‍यालिमा भनिएको छ । “हामी आशा गर्छौ भारत र पाकिस्तान बिच शान्ती हुनेछ ।”

यो खबर सुनेर भारत नै खुशी छ नै सबैभन्दा खुसी उनकी आमा भएकी छिन । उनले टिभिमा देखिएको ईमरानको तस्बिरलाई रुदै नमस्कार गरेकी छन । यो तस्बिरले अहिले सबैको मन छोएको छ ।

कतिपय ब्यक्तिहरुको भारतमाथी शंका ब्यक्त गरेका छन । “भारत र भारतिय आर्मिलाई बिश्वास नगरौ, भारतीय सेनालाई मुक्त नगरौ भनेका छन ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार