उदयपुर, उदयपुरमा भाईले दाजुको हत्या गरेको छ । कटारी नगरपालिका ३ मा आफ्नो भाइले छुरा प्रहार गरेर दाजुको हत्या गरेका छन् । बुधवार राति २० वर्षीय बुद्धिराम मगरले दाजु ४२ वर्षीय रामबहादुर मगरको छुरा प्रहार गरेर हत्या गरेका हुन् ।
राति सुत्ने बेला ओढ्ने सिरकको निहुँमा भनाभन भएपछि भाइले छुरा प्रहार गरेको मृतकका श्रीमती विमला मगरले दिएको जाहेरीमा उल्लेख भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख धूर्ब कुमार श्रेष्ठले बताए। छुरा प्रहारबाट घाइते मगरलाई उपचारका लागि कटारी अस्पताल लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै जनाले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । भाइ बुद्धिरामलाई बिहीबार प्रहरीले कटारीबाटै पक्राउ गरेको छ । पक्राउ पछि म्याद थप गरी अनुसन्धान गरिरहेको पनि प्रहरी कार्यालयका प्रमुख श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार