कैलाली । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला गरेको छ ।

घटना भएको झण्डै ४२ महिनापछि जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले आज सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो । लक्ष्मण चौधरी, लाहुराम चौधरीसहित १२ जनालाई ३ वर्षको कैद तोकिएको छ ।
तीन वर्षको कैद भुक्तान गरिसकेकाले उनीहरु रिहा हुने छन् । ३ जनाले भनेसफाइ पाएका छन्।दुवै पक्षबाट ६ दिनसम्म उक्त मुद्दामा चलेको बहस मंगलबार सकिएपछि आज फैसला भएको हो।थरुहट नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुरम चौधरीसहित तीन जनाले भने सफाइ पाएका छन् । अन्य १२ जनाले ३ वर्ष कैदको सजाय पाएका छन् । फागुन १५ गतेदेखि सुरु भएको बहस मंगलबार नै टुंगिएको थियो ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक बालक गरी नौ जनाको ज्यान गएको थियो । घटनामा संलग्न रहेको आशंकामा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीसहित ५८ जनाविरुद्ध कर्तव्य ज्यान, डाका, चोरी तथा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिएको थियो । वारेसनामा मार्फत् कैलाली–१ मा उम्मेदवारी दिएर जितेका चौधरीले २०७४ फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार