लोक दोहोरी क्षेत्र का एक बलियो खम्बाका रुपमा चिनिएका बहुचर्चित सर्जक शिव हमाल को लय शब्दमा भखरै मात्रै “साईलो ” नामको लोक दोहोरी गीत डिजिटल बजारमा सार्वजनिक भएको छोटो समयमै दुई लाख भन्दा धेरै दर्शक बनाउदै युउटुवको उत्कृष्ट सूचिमा समेत आउन सफल भएको छ ।

दुई महिना अघाडी रिजिज भएको “लालुमै“को चौर्तफी चर्चा र करोड क्लब मा प्रवेश गरेको खुसीयाली मा एक कार्यक्रम र “साईलो ” गीतको बिमोचन गर्दै बिहिवार शिव हमाल को आफ्नै यूटुब च्यानल बाट गीत सार्वजनिक गरेका छन ।

उनको चर्चित गीत लालुमैले छोटो समयमै १ करोड भन्दा धेरै दर्शक बनाएको खुसियालीमा शिव हमालले आज एक कार्यक्रम आयोजन गर्दै अर्को गीत साँईलो सार्वजनिक गरेका हुन्।

साइलो गीतमा स्वर बहुचर्चित गायिका बिष्णु माझी र बिक्रम रानाको रहेको छ भने शब्द संगीत शिब हमालको रहेको छ,गीतको म्युजिक भिडियोमा कबिता नेपाली र दिलीप रायमाझीको छमछमती र निकै उत्कृष्ट नृत्य देख्न सकिन्छ। पछिल्लो समयका चरचित निर्देशक प्रकाश भट्टको निर्देशन तयार भएको सो भिडियोलाई सुदिप बरालले खिचेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार