गजलकार डीआर न्यौपानेको डोली पठाउला सार्वजनिक

४ बर्षदेखी कोरियामा मजदुरी सँगै साहित्यका विभिन्न विधामा कलम चलाउदै सामाजिक काममा समेत सक्रिय हुँदै आउनुभएका,अनेसास कोरियाका वरिष्ठ उपाध्यक्ष डीआर न्यौपाने “सूर्य” ले आफ्नो पहिलो गजल गीतको लिरिकल भिडियो सार्वजनिक गर्नुभएको छ।कोरियामा बसेरै दर्जनौ चर्चित गीतमा संगीत गरिसक्नुभएका संगीतकार डी.आर.अटुको संगीत रहेको उक्त गीतमा प्रसिद्ध गायक राज सिग्देलको स्वर रहेको छ भने यस गीतलाई राजु कार्किले एरेन्ज गर्नुभएको छ।

देशमा बढेको बेरोजगारी सँगै दिनहुँ हजारौ युवा परदेश पुगी आफ्नो पौरखले दुई चार पैसा कमाएपछी मात्रै आफ्नो प्रेमिकालाई बिहे गर्दा चाहिने आवश्यक कुरा किनेर डोली चढाउने आजको तितो यथार्थलाई टिपेर तयार पारिएको यो प्रेमील गीत बिदेश बस्ने लाखौं युवाहरुको जीवनसँग मेल खाने भएकोले धेरैलाई मन पर्ने उहाँको भनाई छ।

यस्तै संगीतकार अटुले यो गजलमा शास्त्रीय,आधुनिक र लोकलयको मिश्रण गरि फरक धारको संगीत पस्किनुभएको र गजल गायनकै नाममा परिचित गायक राज सिग्देलको कर्णपि्रय स्वरले गीत झनै उत्कृष्ट बनेको कुरा बताउनुभएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार