काठमाडौं । काठमाडौंमा मद्यपान सेवन गरेर कुनै गैर कानूनी गतिविधि गरेमा प्रहरीले नियन्त्रणमा लिन्छ र अधिकांश व्यक्तिको स्वास्थ्य परीक्षण भन्दै वीर अस्पतालमा पु¥याउँछ ।
तर के वीर अस्पतालमा लगेर उनीहरुको स्वास्थ्य परीक्षण हुन्छ त ?

यही प्रश्नको जवाफ खोज्दै सीधाकुराको टिम आइतबार राति वीर अस्पतालमा पुग्यो । तर वीर अस्पतालमा त प्रहरी र चिकित्सकले स्वास्थ्य परीक्षणको सामान्य प्रक्रिया समेत पूरा गर्दा रहेन्छन् ।

प्रहरीले विभिन्न स्थानबाट विभिन्न आरोप ल्याएका करीब १६ जना स्वास्थ्य परीक्षणका लागि भन्दै उपस्थित गराइएको थियो । लामो समयसम्म पनि उनीहरुको स्वास्थ्य परीक्षणका लागि न शरीरबाट रगत, दिशा, पिशाब लगायतको नमूना संकलन गरियो न कुनै परीक्षण प्रयोगशालामा लगियो ।

उनीहरुलाई वीर अस्पतालको इमरजेन्सी कक्षमै उभाइराखियो । तर चिकित्सक र प्रहरीले त उनीहरुको स्वास्थ्य परीक्षण अनुमानकै भरमा गर्ने रहेछन् । अर्थात सबै व्यक्तिको नाम लिइयो र भटाभट औँठा छाप लगाउन लगाए ।

यति गरेपछि उनीहरुको स्वास्थ्य परीक्षण सकिदो रहेछ । यसपछि उनीहरुलाई प्रहरीले अस्पतालबाट प्रहरी कार्यालयतर्फ लगे भने चिकित्सकले सबैले मापसे गरेको मेडिकल रिपोर्ट दिए । महानगरीय प्रहरी वृत कालीमाटीबाट खटिएको प्रहरी टोलीलाई हामीले औँठा छाप लगाएकै भरमा मापसे गरेको प्रमाणित गर्न मिल्छ भनी सोध्दा चिकित्सकलाई सोध्नु भन्ने जवाफ दिए ।

फेरी हामीले चिकित्सकलाई मान्छे हेरेरे वा सुँघेरै मात्र मदिरा सेवन गरेका प्रमाणित गर्न सकिन्छ भनेर सोध्दा यो प्रक्रिया गलत भएको भन्दै थप बोल्न मानेनन् । हामीले भिडियो कैद गरेको थापा पाएपछि भने कालीमाटी वृत्तबाट खटिएका यी प्रहरी आक्रोशित थिए ।
हामीले वीर अस्पताल अघि रोकेर राखेको प्रहरीको गाडीको दृश्य खिचिरहँदा उनै प्रहरीले टिभी जर्नलिष्ट शालिकराम पुडासैनीलाई उल्टो लात्तिले हान्छु भन्दै दुव्र्यवहार गरे ।

उनले हामीमाथि दुव्र्यवहार गर्नुको कारण स्पष्ट थियो । यी प्रहरीले नै लिएर आएका व्यक्तिहरुको सामान्य स्वास्थ्य परीक्षण समेत नगरी स्वास्थय परीक्षणको रिपोर्ट लगेर जाँदै थिए ।
सभार:- news 24 tv

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार