अबुजा । नाइजेरियाकम भएको एक आक्रमणमा परेर कम्तिमा २३ को मृत्यु भएको छ । उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ स्थानीयको मृत्यु भएको त्यहाँका प्रहरीले अधिकारीले जनाएका छन् ।

पछिल्ला दिनहरुमा नाइजेरियाका उत्तरी भेगमा गाउँलेमाथि लगातार आक्रमण भइरहेका छन् । हाल त्यहाँ प्रहरीको नियमित गस्ती बढाइएको छ भनेहवाई गस्ती समेत थालिएको छ ।

हतियारधारी समूहले किसानले पालेका गाईबस्तु लुट्नेदेखि मानिसको हत्यासम्मका घटना बढाएका छन् । जसका कारण जाम्फारा र कडुना राज्यमा जारी हत्या हिंसाले स्थानीय जनतामा त्रास फैलिएको छ ।

गाउँलेको हत्या हुनुको ठोस कारण अझै खुलेको छैन । आक्रमणका बारेमा नाइजेरियामा सक्रिय कुनै पनि समूहले जिम्मेवारी पनि लिएका छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार