स्याङ्जा, कालीगण्डकी गाउपालीका वडा नम्बर ६, छाप स्थित श्री कृण्णगण्डकी स्वास्थ्य चौकीमा सुविधासम्पन्न प्रसुती र बर्थिङ सेन्टर केन्द्रको भवन निर्माणका लागि बिहिवार एक कार्यक्रमका बिच शिलन्यास समारोह सम्पन्न भएको छ। शिलन्यास कार्यक्रममा बोल्दै गाउपालीका अध्यक्ष्य खिम बहादुर थापाले यो संस्था स्थापना भए पछि यहाँका स्थानीयहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध हुनेछ र यस बर्थिङ सेन्टरको संचालन पछि प्रसुतिको लागि छिमेकी जिल्लाका अस्पतालहरूमा जानुहुने सेवाग्राहीहरूका लागि आफ्नै घर आँगनमा उपलब्ध हुने सेवाले राहत पुग्नेछ भन्ने कुरामा बिशेष जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार