कपिल अधिकारी
पाल्पाको जोगिथुमको ७० घरमा फरक फरक किसिमका ५० जना भन्दा बढी अपाङ्गहरु , गरीवीको कारण आर्थिक उपचारमा समस्या भन्ने समाचारको प्रभाव बाट विभिन्न व्यक्ति तथा संघ संस्था गाउँमै पुगी सहयोगमा जुटेका छन ।
काठमाडौ महानगरपालिका वडा नंं १४ कलङकीका वासुदेव केसी घर घरमै पुगी अवलोकन गरी नगद तथा लत्ताकपडा सहयोग गरेका छन । अपाङ्गहरु लाई नियमित खाना, खाजाको लागी केसी परिवारले मासिक २ हजारका दरले बर्षदिनको लागी २ लाख ४० हजार रुपैया सहयोग गरेका हुन । १० जना अपाङ्ग परिवारको लागी सहयोग दाता के.सी.ले प्रति ब्यक्ती बार्षिक २४ हजारका दरले एकमुष्ट रुपमा २ लाख ४० हजार रुपैया सहयोग गरेका हुन । अपाङ्ग स्वयमले रकम झिक्न नसक्ने भएकोले संरक्षकको रुपमा आमा र श्रीमती लाई राखिएको छ । कुमारी बैक मार्फत प्रत्येक महिना २ हजार भन्दा बढी रकम झिक्न नपाईने गरी अपाङ्गहरुको खाता खोलिएको हो । सहयोग रकम दुरुपयोग नहोस भनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनाल, वडा अध्यक्ष विष्णु प्रसाद गैरे, वडा नंं २ का वडा अध्यक्ष रामचन्द्र नेपालको उपस्थितीमा अपाङ्ग परिवार लाई रकम हस्तानतरण गरिएको थियो ।
सहयोग दाता के.सी.ले पार्वती कुमाल, शिव कुमाल, सुमित्रा कुमाल, बले कुमाल, वम बहादुर कुमाल, चन्द्र बहादुर कुमाल, सस बहादुर कुमाल, कान्ती कुमाल, निमकला कुमाल, जिवलाल कुमाल लाई मासिक २ हजारको दरले एक बर्षको लागी आर्थिक रकम सहयोग गरेका हुन । सहयोग दाता के.सी.ले अपाङ्गहरु लाई लत्ताकपडा वितरण गरेका छन ।
यसैगरी जोगिथुमकै कालिका आधारभुत विधालयमा अध्यनरत अति न्युन आयश्रोत भएका वालवालिकाहरुको लागी विधालय ड्रेस सहयोग गरेका छन । विधालयका अति न्युन आय भएका २५ जना वालवालिकालाई दुई जोर ड्रेस ५० स्थान विधालय पोशाक सहयोग गरेका छन । सहयोग दाता के.सी.ले अपाङ्गहरु लाई सहयोग गर्नको लागी विदेशमा रहेका साथीहरु लाई परिचालन गर्दै आएका छन । अपाङ्गहरुको लागी सहयोगको लागी अमेरीकामा बस्दै आएका रञ्जन बुढाथोकी बाट १ लाख, टिटु शर्मा बाट ३३ हजार, जर्मनमा बस्दै आएकी अनिता पभानी बाट ६३ हजार रुपैया रुपैया सहयोग प्राप्त भएको सहयोग दाता के.सी.ले बताए । के.सी.ले पर्वत, गाईघाट र सिन्धुपाल्चोकका अपाङ्गहरु लाई सहयोग गरिसकेका छन् ।
साथै के.सी.ले सो स्थानमा किन सबै घरमा बिरामी परे कतै खानेपानीको कारण त होईन भनेर बुझ्नको लागी त्याहाको पानी प्रशिक्षणको लागी काठमाण्डौ लगएिको समेत जानकारी गराए ,त्यसै गरि के.सी.ले तानसेन नगरपालीकामा रहेको विदा हेरचार केन्द«लाई समेत दुई थान कपडा सिलाउने मेशिन प्रदान गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार