बुटवल, २८ असार । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको हेडबक्स नजिकै गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।
पहिरोमा परि पाल्पाबाट बुटवलतर्फ आउदै गरेको लु ५० प ४६७१ नम्बरको मोटरसाईकलका चालक पाल्पाको मित्याल गाउँपालिका निबासि ३१ वर्षीय धन बहादुर सुनारिको मृत्यु भएको छ । तीन देखि परेको अविरल बर्षाका कारण आएको पहिरोले मोटरसाईकल बगाएको हो ।
पहिरोका कारण अहिले बुटवल पाल्पा सडकखण्ड अबरुद्ध भएको छ । पहिरो हटाएर सडक सुचारु गर्न समय लाग्ने सक्ने प्रहरिले बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार