नेपाली महिलाहरुको महान पर्व तिज नजिकीदै गर्दा बजारमा दैनिक दर्जनौँ तिज गितका विभिन्न भाकाहरु धमाधम आईरहेका छन् ।
यसै क्रममा नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक तथा गायिकाहरुले तिज गितमा आफ्नो स्वर दिएका छन् । यसै वर्ष तीज गीतको भिडभाडमा बुटवललाई कर्मथलो बनाई बस्ने गुल्मेली चेली यमुना अर्याल र सुनिल घिमिरे क्षेत्रीको आवाजमा सजिएको माया प्रेममा आधारित तीज गीत बुट्टे फरियाले नेपाली सांगितिक बजारमा चर्चा बटुल्दै छ ।
यमुनाले हाल सम्म ६ वटा तिज गित तथा २ वटा लोक तथा दोहोरी गितमा आफ्नो स्वर दिएको बताएकी छिन् । सुनिता सुनुवारको शब्द, यज्ञ सापकोटाको संगित रहेको बुट्टे फरियाको म्यूजिक भिडियोमा मदन खड्का र रिना थापाले आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।

विरेन्द्र भट्टको सम्पादन, अनिल राईको छायाकंन रहेको भिडियोको मदन खड्काले निर्देशन गरेको गायिका अर्यालले बताईन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार